प्रधानमन्त्री कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले आगामी २१ फागुनमा आमनिर्वाचन सम्पन्न गराउने पूर्ण तयारीमा रहेको बताएकी छन्।

बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसमा सम्बोधन गर्दै उनले भने, “घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले जुटेको छ। यो अभियान सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोग आवश्यक छ।”

प्रधानमन्त्री कार्कीले मुलुकका युवालाई भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, रोजगारी सुनिश्चित र आधारभूत आवश्यकताहरू पुरा गर्न कटिबद्ध भएर लाग्न आह्वान गरेकी छन्। उनले २३–२४ भदौको जेनजी आन्दोलनका घटनाबाट पनि शिक्षा लिनुपर्ने बताइन् ।

सरकारको प्रयास र युवाप्रतिको अपेक्षालाई जोड्दै उनले सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिइन्।