एमालेको ११औँ महाधिवेशनमा ओली नै अध्यक्ष : उपमहासचिव रिमाल
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको ११औँ महाधिवेशनले फेरि पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन्।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रिमालले भने, “महाधिवेशनको निष्कर्ष अनुसार ओली अध्यक्ष हुने निश्चित छन्। सञ्चारकर्मीहरूले यसबारे समाचार तयार राख्न सक्ने छन्।”
उनले महाधिवेशन प्रतिनिधि चयनमा देखिएका गुनासोहरूलाई पार्टीले छिट्टै सम्बोधन गर्ने जानकारीसमेत दिएका छन्।













