प्रतिनिधिसभा निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक आब्हान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्।
बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगलाई आमन्त्रित गरिएको छ। सरकारले फागुन २१ का लागि निर्वाचन मिति तय गरिसकेको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सकारात्मक वातावरण तयार पार्न सक्रिय रूपमा पहल गरिरहेकी छिन्।













