रास्वपाकी नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

User Image Prime TV News एक बर्ष अगाडि
Image of रास्वपाकी नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

काठमाडौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। पार्टी नेतृत्वको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्।

श्रेष्ठले पार्टी नेतृत्वले पटक–पटक गल्ती गरे पनि कहिल्यै स्वीकार नगर्ने, आलोचकहरूलाई मिडिया ट्रायलमार्फत लक्षित गर्ने, र पार्टीभन्दा नेतालाई प्राथमिकता दिने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्

उनले लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मैले पार्टी छाडे।” यसअघि उनले पार्टीको सह–महामन्त्री पदबाट पनि राजीनामा दिएकी थिइन्। समानुपातिकतर्फबाट सांसद बनेकी श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्रीसमेत भएकी थिइन्।

Caption