एमाले महाधिवेशनमा नेतृत्व चयन विद्युतीय भोटिङ मेसिन बाट
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आगामी ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका सबै प्रक्रिया विद्युतीय भोटिङ मेसिन मार्फत गरिने जनाएको छ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचन प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन पार्टीले यसपटक पनि इलेक्ट्रोनिक प्रणाली अपनाउने निर्णय गरेको हो। “टेंडर आह्वान भइसकेको छ, अब चाँडै कुन कम्पनी चयन हुन्छ भन्ने टुंगो लाग्नेछ,” उनले भने।
एमालेले यसअघि चितवनमा सम्पन्न १०औं महाधिवेशनमा पनि इलेक्ट्रोनिक भोटिङ प्रयोग गरेको थियो । आगामी महाधिवेशनमा १५ पदाधिकारी र २५१ केन्द्रीय सदस्य चयन गरिनेछ। करिब २,२०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
एमालेको ११औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेभएको छ। उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा आयोजना गरिनेछ।












