कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न दिए चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न दिए चेतावनी

काठमाडौ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औं महाधिवेशनको तयारी बिषयक अन्तर्क्रियामा उनीहरुले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन् ।

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए । उनले निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न सुझाव समेत दिए । विशेष महाधिवेशनको दवाव दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको उनको भनाइ छ ।

बहुमतको शक्तिका साथ आफुहरु महाधिवेशनको तयारीमा जुट्ने भन्दै महाधिवेशनमा आफुहरुको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न चेतावनी दिए । उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए ।