भारत–नेपाल ठूला नोट ल्याउने नियममा नयाँ व्यवस्था, भारु एक सय भन्दा माथिका नोट ल्याउन सकिने

User Image Prime TV News एक महिना अगाडि
Image of भारत–नेपाल ठूला नोट ल्याउने नियममा नयाँ व्यवस्था, भारु एक सय भन्दा माथिका नोट ल्याउन सकिने

काठमाडौ । भारतीय रिजर्भ बैंकले भारतीय ठूला नोट नेपाल ल्याउन र लैजान सकिने नयाँ व्यवस्था लागू गरेको छ।

यसअन्तर्गत अब भारु सय भन्दा माथिका नोट अधिकतम भारु २५ हजार सम्म भारतबाट नेपाल ल्याउन वा लैजान पाइने भएको छ। यसअघि, भारतले २०१६ मा ठूला नोट बन्दी गरेको थियो र नेपालबाट पनि ती नोट ल्याउने–लैजान प्रतिबन्ध थियो।

अब रिजर्भ  बैकको विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गरी यो प्रतिबन्ध खुकुलो बनाइएको हो। नयाँ नियमअनुसार भारु एक सय सम्मका नोटमा कुनै सीमा छैन । जुन जतिसुकै रकम भारत भित्र्याउन वा नेपाल ल्याउन सकिन्छ। भारु एक सय भन्दा माथिका नोट केवल यात्रा गर्नेले बोकेर ल्याउन पाउने छन् तर पठाएर लैजान पाइने छैन । यो सुविधा नेपाल र भुटानका नागरिकलाई मात्र लागू हुने बताइएको छ ।

नेपालका लागि, यो कदम अझै पूर्ण रूपले लागू भएको छैन। नेपाल राष्ट्र बैंकले आफ्नो नीतिगत व्यवस्था बनाएर मात्र ठूला नोट नेपालमा चलनचल्तीमा ल्याउन सक्नेछ। नेपालका प्रवक्ता गुरु पौडेलका अनुसार, “भारतले नियम खोल्यो भन्नाले नेपालमा स्वचालित रूपमा लागू हुने होइन।

नेपालले पनि आवश्यक व्यवस्था गर्नु पर्छ।” आरबीआईको यस निर्णयले दुवै देशका व्यवसायी र पर्यटकलाई सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ।