एनपिएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
Prime TV News एक महिना अगाडि काठमाडौ । नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्स अपराह्न ४ बजे आमनेसामने भिड्दैछन्।
दुवै टिम प्लेअफको ढोका अगाडि उभिएका छन्त । लुम्बिनी ६ खेलमा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ। आज जिते उनीहरू प्लेअफमा प्रवेश गर्ने अन्तिम टोली बन्नेछन् ।
तर जनकपुर बोल्ट्सको स्थिति नराम्रो छ । ५ खेलबाट जम्मा २ अंक। आज जिते पनि उनीहरूको प्लेअफ आशा अन्य खेलको परिणाम र रनरेटको कृपामा निर्भर हुनेछ।
यसअघि नै सुदूरपश्चिम, काठमाडौं र विराटनगर अन्तिम चारमा प्रवेश गरिसकेका छन्। अब बाँकी एक स्थानका लागि संघर्ष लुम्बिनी र जनकपुरबीच निर्णायक भिडन्त बन्न पुगेको छ।












