आज सर्वपक्षीय बैठक बस्दै

User Image Prime TV News एक महिना अगाडि
Image of आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज सर्वपक्षीय बैठक आब्हान गरेकी छन् ।

चुनावको मिति निश्चित भइसके पनि व्यवहारिक तयारी वारे जानकारी दिन त्यसैले प्रधानमन्त्रीले आज अपराह्न ४ बजे बालुवाटारमा सबै पक्षलाई बोलाएकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रमुख राजनीतिक दलहरू, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगका पदाधिकारीलगायत सबै सरोकारवाला संरचनाहरू सहभागीसहित उपस्थित हुनेछन् ।