मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आज दावी पेश गरिँदै
Prime TV News एक महिना अगाडि 
जनकपुर । मधेश प्रदेशमा सत्ता परिवर्तनको रफ्तार तीब्रिएको छ। एमाले बाहेकका सात दल एकजुट भई नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।
हिजो रातिसम्म चलेको लामो वार्तापछि गठबन्धन लगभग सहमतिमा पुगेको दाबी नेताहरूले गरेका छन् । अब मुख्यमन्त्री दाबी आजै पेस गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको अवधि आज अन्तिम दिन हो।
सरकार निर्माणमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा (एस) र नाउपा रहेका छन् । यी दलहरूबीच मन्त्रालय बाँडफाँडदेखि नेतृत्वको मोडेलसम्म विषयमा निरन्तर छलफल चलेको छ ।
अहिले बहुमतसहित सरकार बनाउने अंक उनीहरूको हातमा छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ तर गठबन्धनसँग ७३ रहेकोले यो शक्ति सीधै निर्णायक ताकत बनेको छ।
लोसपाका जितेन्द्र सोनल र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीका प्रमुख दावेदारको रुपमा आएका छन् । दुवै पक्षले आफ्ना दाबी मजबुत पार्ने अन्तिम प्रयास गरिरहेका छन्। सभामुख पद पनि अहिले रिक्त छ ।













