कागेश्वरी मनोहरा–७ का वडाध्यक्ष भीमसेन थापाको निधन, आज नगरपालिका बन्द

User Image Prime TV News २ महिना अगाडि
Image of कागेश्वरी मनोहरा–७ का वडाध्यक्ष भीमसेन थापाको निधन, आज नगरपालिका बन्द

काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ।

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत थापाको बिहीबार मृत्यु भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिएका छन्। नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थापा केही समयदेखि क्यान्सरसहितका स्वास्थ्य समस्याबाट पीडित रहेर उपचाररत थिए।

वडाध्यक्ष थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नगरपालिकाले शोक विज्ञप्ति जारी गरेको छ। नगरपालिकाले आज एक दिनका लागि पालिकाभित्रका सबै वडा कार्यालय, आयुर्वेद औषधालय, स्वास्थ्य संस्थान तथा संस्थागत र सामुदायिक विद्यालय बन्द रहने जनाएको हो। नगरपालिकाले थापाको निधनलाई दुर्भाग्यपूर्ण क्षति भन्दै परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ।