सुनको मूल्य ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर २,५२,४०० रुपैयाँमा ओर्लिएको छ। हिजो सुन २,५३,३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि कमी आएको छ।
महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ७० रुपैयाँले घटेर ३,५५५ रुपैयाँमा कारोबार भइरहेको छ । जबकि बिहीबार यसको मूल्य ३,६२५ रुपैयाँ थियो। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य समायोजन, मुद्रास्फीति तथा डलर सूचकांकको उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पारेको छ ।
आगामी दिनमा पनि मूल्यमा फेरबदल भइरहने अनुमान गरिएको छ।













