रणवीर सिंह स्टारर ‘धुरन्धर’ नेपालमा प्रदर्शनमा, दर्शक उत्साहित

User Image Prime TV News २ महिना अगाडि
Image of रणवीर सिंह स्टारर ‘धुरन्धर’ नेपालमा प्रदर्शनमा, दर्शक उत्साहित

काठमाडौ । शुक्रबारदेखि नेपाली सिनेमा हलमा भारतीय फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको छ। रणवीर सिंह अभिनीत यो फिल्म देशभर १६१ शो पाएको छ। अग्रिम बुकिङ उत्साहजनक रहेकोले निर्माण पक्षले राम्रो कारोबार हुने अपेक्षा व्यक्त गरेको छ।

एक्सन-थ्रिलर शैलीको यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्मको निर्देशन आदित्य धरले गरेका हुन्, जसले पहिले ‘उरी: द सर्जिकल स्ट्राइक’ निर्देशन गरिसकेका छन्।

फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अली खान लगायतका कलाकारको अभिनय रहेको छ। जियो स्टुडियोको ब्यानरमा निर्मित यस फिल्मलाई श्याडो पिक्चर्सले नेपालमा वितरण गरेको हो। निर्माण पक्षले दर्शकको उत्साह र उच्च शो संख्यालाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन नेपाली बजारमा सफल हुने अनुमान गरेको छ।