देशको नेतृत्व लिन तयार छुः मन्त्री घिसिङ

User Image Prime TV News २ महिना अगाडि
Image of देशको नेतृत्व लिन तयार छुः मन्त्री घिसिङ

काठमाडौ । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले देशको नेतृत्व लिन आफू तयार रहेको बताएका छन्।

उनले आगामी चुनावमा आफ्नो पार्टी, उज्यालो नेपाल पार्टीको पक्षमा समर्थन गर्न सबैसँग आह्वान गरेका छन्। रामेछापको सुनापति गाउँपालिकामा आयोजित आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै घिसिङले भने, “देशलाई उज्यालो बनाउने काम मेरो नेतृत्वमा सम्भव छ।

आगामी दिनमा देशको नेतृत्व गर्न म तयार छु र त्यसका लागि तपाईंहरूको साथ आवश्यक छ।” घिसिङले आफ्नो पार्टी दर्ता गरिएको जानकारी दिँदै देशभरको सुशासन, रोजगारी र बिजुलीको उज्यालो वितरण गर्न आफू प्रतिबद्ध रहेको दाबी गरे।

उनले भने, “परिवर्तनलाई संस्थागत गर्न चुनाव आवश्यक छ, त्यसका लागि योग्य व्यक्तिलाई चुनिन आवश्यक छ।” तर उनको यो कार्यक्रममा सरकारी साधन स्रोतको दुरुपयोग गरेर पार्टी प्रचार गरेको आरोप समेत लागेको छ।

घिसिङले मञ्चबाटै आफ्नो पार्टीको प्रचार गर्दै सबै क्षेत्रलाई उज्यालो बनाउनका लागि देशभरका नागरिकलाई साथ र सहयोग गर्न आह्वान गरे।