वर्तमान सरकार प्रतिगमनबाट जन्मिएको होः एमाले उपाध्यक्ष थापा

User Image Prime TV News एक महिना अगाडि
Image of वर्तमान सरकार प्रतिगमनबाट जन्मिएको होः एमाले उपाध्यक्ष थापा

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार प्रतिगमनबाट जन्मिएको आरोप लगाएका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले जेनजी आन्दोलनपछि मुलुकमा प्रतिगमन भएको दाबी गर्दै संसद्को पुनर्स्थापना गरेर मात्रै त्यसलाई परास्त गर्न सकिने बताएका छन्। उनले भने, “प्रतिक्रान्तिलाई परास्त गर्नुपर्छ। त्यसको लागि संसद् पुनस्र्थापना हुन जरुरी छ।”

बादलले प्रतिक्रान्तिको अवस्थामाझ एमालेको महाधिवेशन हुन लागेको भन्दै यसले प्रतिगमनलाई परास्त गर्नुपर्ने बताए। उनले पुस्तान्तरणको नीति अनुसार शीर्ष नेतालाई विस्थापित गरेर आफू अनुकूलको नेतृत्व स्थापनाको प्रयास भइरहेको दाबी पनि गरे।

उनका अनुसार, “प्रतिगामी शक्तिहरु निर्वाचनको माध्यमबाट प्रतिगमनलाई पूर्णता दिने, वैद्यता दिन अघि बढिरहेका छन्।” एमालेको एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्ने भन्दै बादलले अहिले पार्टीमा केपी ओलीको विकल्प नभएको बताएका छन्। उनका यी भनाइले आगामी महाधिवेशन र पार्टीभित्रको नेतृत्व संघर्षमा नयाँ राजनीतिक बहस जन्माउने अपेक्षा गरिएको छ।