प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीले सन्तोष परियारलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ।
पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको अध्यक्ष परिषद्को बैठकले यो निर्णय गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले जानकारी दिइन्। बैठकले ओजस्वी भट्टराईलाई सहप्रवक्ता बनाउने निर्णय पनि गरेको छ।
दुवै व्यक्तिहरू अध्यक्ष परिषद्कै सदस्य हुन्। सन्तोष परियार यसअघि रास्वपा प्रमुख सचेतक रहेका थिए। उनी रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको गठनमा मुख्य भूमिका खेलेका हुन्।












