आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार छः जापानी राजदूत

User Image Prime TV News एक महिना अगाडि
Image of आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार छः जापानी राजदूत

काठमाडौ । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले सम्माननीय प्रधानमन्त्री सुशीला कार्की विच भेटवार्ता भएको छ ।

सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका साथै विविध पक्षहरूमा छलफल भएको बताइएको छ ।

सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरिन् ।