मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राप्रपाकी मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ। यस सम्बन्धमा सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ।
संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन्। पार्टीको निर्देशनका बावजुद उनले मन्त्री पदबाट बाहिरिन अस्वीकार गरेपछि राप्रपाले उनलाई पदमुक्त गर्न प्रदेश सभालाई १२ मंसिरमा पत्राचार गरेको थियो।
प्रदेश सभा सचिवालयका अनुसार, पदमुक्तिको निर्णय राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ र प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० तथा १९१ अनुसार सबैको जानकारीका लागि प्रकाशन गरिएको हो।













