मोरङमा तोडफोड तथा आगजनी भएका संरचना पुर्ननिर्माणमा स्थानीय जुटे

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मोरङमा तोडफोड तथा आगजनी भएका संरचना पुर्ननिर्माणमा स्थानीय जुटे

मोरङ । जेनजी आन्दोलनका क्रममा मोरङको उर्लाबारीमा तोडफोड तथा आगजनी भएका संरचना निर्माणमा स्थानीय जुटेका छन् । आन्दोलनको क्रममा जेनजी पुस्ताले प्रहरी चौकी लगातय सरकारी कार्यालयहरु ध्वस्त बनाएका थिए । स्थानीय तथा विभिन्न पेसागत संगसंगठनले शान्तिसुरक्षा कायमकालागि भन्दै प्रहरी चौकी लगायतका संरचना निर्माणमा जुटेका हुन् । 

मोरङको उर्लाबारीमा प्रहरी चौकी लगायतका संरचना निर्माणका लागि आर्थिक सहयोग अभियान थालिएको छ । जेनजी आन्दोलनका क्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रर्दशनकारीले प्रहरी चौकी आगजनी र तोडफोड गरेका थिए ।

भदौ २४ गते राति प्रदर्शनकारीले प्रहरी कार्यालय भित्र प्रवेश गरी प्रहरीको व्यारेकमा आगजनी र तोडफोड गरी हिरासतमा रहेका १६ जना कैदीबन्दीलाई भगाएका थिए । प्रहरी बस्ने व्यारेक आगजनी गरेपछि प्रहरीले हातहतियार लिएर कार्यालय छोडेर भागेका थिए ।

अवस्था समान्यबन्दै गएपछि स्थानीयहरु प्रहरी कार्यालय पुनःनिर्माणमा जुटेका छन् । प्रहरी चौकी पुनः निर्माणकालागि स्थानीय होटल व्यवसायी प्रकाश देवानले १ लाख रुपैया सहयोग गरेका छन् । शान्तिसुरक्षा र अमन चयनकालागि सुरक्षा निकायको आवश्यक परेको भन्दै ध्वस्त संरचाना पुनः निर्माणकालागि सबैको सहयोगको आवश्यता रहेको देवानले बताए ।

उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग फागोको पहलमा गठन भएको समितिले पनि सुरक्षा निकाय संग समन्वय गरी शान्तिसुरक्षा व्यवस्थापनकालागि उर्लाबारीमा रात्रीकालिन र दिवाकालिन रुपमा युवाहरु परिचान गरी काम गर्दै आएको छ ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लाबारीमा ईलाका प्रहरी कार्यालय सहित ९ वटै वडा कार्यालय, हुलाक सेवा कार्यालयमा समेत तोडफोड र आगजनी भएको छ । प्रहरीको कार्यालय पुनः निर्माणका लागि उर्लाबारी उद्योग वाणिज्य संघको पहलमा रकम संकलन गरी हस्तानतरण गरिएको छ । वाणिज्य संगको पहलमा २५ थान कुर्षी सहयोग गरिएको संघले जनाएको छ ।