सात दलबीच मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादवलाई समर्थन

User Image Prime TV News २ महिना अगाडि
Image of सात दलबीच मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादवलाई समर्थन

काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउने सहमति सात दलबीच भएको छ।

सात दलको बैठकपछि यो निर्णय गरिएको हो। सहमतिको पश्चात, सात दलका नेताहरु प्रदेश प्रमुख समक्ष दावी पेस गर्न तयारीमा रहेका छन्। लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिँदै भने, “सात दलबीच विस्तृत छलफलपछि यादवलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो। केहीबेरमा दावी पेश गर्ने प्रक्रिया सुरु हुनेछ।”

सात दलको यो सहमति मधेस प्रदेशको स्थिर सरकार गठनमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।