कान्ति राजमार्ग दुई महिनाका लागि बन्द, दैनिक आवागमन ठप्प

User Image Prime TV News २ महिना अगाडि
Image of कान्ति राजमार्ग दुई महिनाका लागि बन्द, दैनिक आवागमन ठप्प

काठमाडौ । आवश्यक मर्मत र सडक विस्तारका कारण कान्ति राजमार्ग आजदेखि आगामी दुई महिनासम्म पूर्णरूपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सूचनाअनुसार यस अवधिमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन चल्न अनुमति दिइने छैन।

सडकका विभिन्न खण्ड जीर्ण बनेपछि कान्ति राजमार्ग सडक योजनाले सम्पूर्ण सवारी आवागमन रोक्दै मर्मत तथा विस्तार कार्य अघि बढाउने निर्णय गरेको हो। प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

दुई महिनासम्म राजमार्ग बन्द हुँदा दैनिक यात्रु, सामग्री ढुवानी तथा व्यापारिक गतिविधि प्रभावित हुने देखिन्छ ।