एनपीएलमा आज सुदूरपश्चिम -विराटनगर र चितवन-पोखरा बिच हुँदै

User Image Prime TV News एक महिना अगाडि
Image of एनपीएलमा आज सुदूरपश्चिम -विराटनगर र चितवन-पोखरा बिच हुँदै

काठमाडौ । राजधानीमा जारी नेपाल प्रिमियर लिगमा आज दुइ खेल हुँदैछ । बिहान ११:१५ बजे सुरु हुने पहिलो खेलमा अपराजित यात्रासहित प्लेअफ प्रवेश गरेको सुदूरपश्चिम रोयल्स र स्थान सुरक्षित गरे पनि मिहिन आशंका बोकेको विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिमले ६ खेलमा पुरै १२ अंक लिँदै सहजै पहिलो क्वालिफायरमा पुगेको छ। आज हारपछि पनि उसको स्थानमा धक्का पुग्दैन । त्यसैले दबाबभन्दा उसमा निर्माणको आत्मविश्वास बढी छ।

विराटनगर भने कप्तान सन्दीप लामिछानेको टोलीसँग ८ अंक छ। तर शीर्ष दुईमा बस्न आज जित अनिवार्य, त्यो पनि उत्कृष्ट रनरेटको साथ आवश्यक पर्ने छ । 

दिउँसो ३:३० बजे हुने दोस्रो भिडन्तमा चितवन राइनोज र पोखरा एभेन्जर्स मैदान उत्रनेछन्। तर दुवै टोली प्लेअफबाट पहिल्यै बाहिरिएका छन्। चार–चार अंक मात्रै बोकेका उनीहरूको खेल आज प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।