रुस फर्किए राष्ट्रपति भ्लादिमिर पुटिन

User Image Prime TV News एक महिना अगाडि
Image of रुस फर्किए राष्ट्रपति भ्लादिमिर पुटिन

काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन २७ घण्टाको छोटो भारत बसाइपछि शुक्रबार राति करिब १० बजे स्वदेश फर्किए।

मन्त्रीस्तरीय उच्च प्रतिनिधिमण्डलसहित दिल्ली पुगेका पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग विस्तृत वार्ता गरे । व्यापारिक मञ्चलाई सम्बोधन पछि अन्तिम घडीमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भए।

तर यति ठूलो राजनीतिक प्रसंग, विश्वशक्तिहरूको नजर र अपेक्षाबीच पनि भारत–रुस वार्ताले चमत्कारिक उपलब्धि निकाल्न सकेन। एसयू–५७ लडाकु विमान र एस–४०० हतियार प्रणालीसम्बन्धी चर्चित सैन्य सम्झौता हुन सकेन ।

यस्तै यद्यपि भारतीय स्रोतका अनुसार तेल आपूर्तिसहित १९ बुँदामा सहमति भएको दाबी गरिएको छ । तर तीमध्ये धेरै प्राविधिक तथा सहयोगसम्बन्धी सामान्य स्तरका सम्झौता मात्र भएको बताइएको छ ।