७ वटा सवारीसाधन एक आपसमा ठोक्किदा ३५ जना घाइते
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन्।
७ वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा ४ वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्। दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन्। चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार ८ जना, मोटरसाइकलमा सवार १ जना र डिब्बा गाडीमा सवार १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस













