तपाईको आजको राशिफल कस्तो छ
Prime TV News एक महिना अगाडि 
विश्वोद्धवस्थितिलयादिषु हेतुमेकं, गौरीपतिं विदिततत्वमनन्तकीर्तिम् ।
मायाश्रयं विगतमायमचिन्त्यरुपं, बोधस्वरुपममलं हि शिवं नमामि ।।
जुन विश्वको उत्पति स्थिति र लय आदिका एक मात्र कारण हुनुहुन्छ गौरी गिरीराजकुमारी उमाका पति तत्वज्ञ हुनुहुन्छ, जसको वहाँका कृतिको कहि अन्त हुदैन जो मायाको आश्रय भएर पनि त्यसवाट अत्यन्त टाढा हुनुहुन्छ तथा जसको स्वरुप अचिन्त्य छ तिनै विमलबोध स्वरुप भगवान शिवलाई प्रातः कालमा प्रणाम गर्दछु ।
आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषकृष्णपक्ष तृतीया तिथि आर्दा नक्षत्र मंसिर महिनाको २१ गते आज आइतवार तदनुसार ७ डिसेम्वर २०२५ वणिज करण ध्वांक्ष योग, मिथुन राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि ० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ४३ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ७ मिनेट साझमा रहेको छ ।
अब, आजको राशिफल :-
मेष:- भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइएला । रोजगारिको खोजिमा आफ्तहरुबाट टाढिनु पर्ला । स्वास्थ्य सम्बन्धि समस्यालाइ लिएर सचेत रहनुहोला । कार्यक्षेत्रमा सकारात्मक सोचका साथ अगाडी बढ्नुहोस् । आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला झुठा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ ।
बृषः– नोकरी वा पेशामा उच्च अधिकारीबाट सहयोग पाइनेछ । ब्यपार व्यवसायमा लाध रहनेछ । आज आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । लगनशिलताले गुमेको स्थान दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिने छ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । फजूल खर्चले मन खिन्न बनाउला ।
मिथुन:- कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।
कर्कटः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने दुेखिन्छ । वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भन पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।
सिंहः– आज तपाईको खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका कार्यहरु दोहोर्याएर प्रयत्न गनुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्ने छ नयाँ कामको प्रारम्भ हुने समय छ । तर आलोचकहरुले आत्मासम्मानमा चोट पुर्याउन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नु पर्ला । अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।
कन्याः– दिन उत्तम रहेको छ आटेका कार्य सहज संग सम्पादन हुने छन युवावर्गमा आफ्नो करियरलाइ लिएर राम्रो प्रस्ताव हात लाग्ने छ स्वस्थ्य पनि सवल रहला दाम्पत्य जीवन सुमधुर रहनेछ व्यपार व्यवसायमा लाभ रहनेछ, अध्यात्मतर्फ रुचि बढ्नेछ स्वस्थ्यलाइ लिएर सावधान रहनु होला परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला ।
तुलाः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् । झुठा आश्वासन दिनेहरुलाई तह लगाउन सकिने छ । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ । वादविवादबाट टाढै रहनु होला ।
वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।
धनुः– आज प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला कामको चापले व्यस्त रहने छ स्वास्थ्यमा ध्यान पुर्याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनााले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।
मकर:- समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि वुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा व्यवसायका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कुम्भः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही अंश त्याग्नु पर्ने देखिन्छ अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।
मीन:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला ।
-ज्यो घटराज निरौला













