एनपीएलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिगको आजबाट लिग चरण औपचारिक रूपमा समाप्त हुँदैछ।
अपराह्न ३:३० बजे हुने अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन्। ६–६ खेलमा जम्मा २–२ अंक बटुलेर अन्तिम स्थानमा रहेको दुवै टोलीले अघि बढ्ने आशा गुमाइसकेका छन् ।
कर्णालीलाई सोमपाल कामीले नेतृत्व गरेका छन् भने जनकपुरतर्फ आशिफ शेख प्रमुख आकर्षण हुन्। तर कप्तानी व्यवस्थापनमा जनकपुरले ज्यादै अस्तव्यस्तता देखायो । लगातार हारपछि नेतृत्व फेरबदल गर्ने निर्णय बारम्बार दोहोरियो ।
उता शीर्ष चारको तस्वीर भने स्पष्ट भइसकेको छ। सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रत्यक्ष क्वालिफायरमा पुगेका छन्। काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा भिड्दै अर्को चरणतर्फ चढ्ने प्रयास गर्नेछन्।
आजको खेल दुबै टिमकोलागि प्रतिष्ठाका लागि मात्र मैदानमा उत्रिँदैछन्।













