गोवास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु
Prime TV News २ महिना अगाडि 
काठमाडौ । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भएको भीषण आगलागीले २३ जनाको ज्यान लिएको छ।
मध्यराततिर ग्यास सिलिन्डर विस्फोट भएपछि फैलिएको आगोले क्लब सम्पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । मृतक मध्ये धेरैजना क्लबमा कार्यरत कर्मचारी रहेको र केही विदेशी पर्यटकसमेत समावेश रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटना शनिबार राति ‘बर्च बाई रोमियो लेन’ नामक नाइट क्लबमा भएको हो। प्रहरीका अनुसार आगो भुइँतल्लामा रहेको भान्साबाट सुरु भई केही मिनेटमै फैलिएको थियो ।
उद्धार कार्य कठिन भएपछि धेरै मानिस भाग्न नपाई आगोमा फसेका थिए। गोवाका प्रहरी महानिर्देशक आलोक कुमारले भान्सा क्षेत्र नजिकबाट धेरै शव संकलन गरिएको जानकारी दिएका छन्।
समयमै सुरक्षा उपाय र आगो नियन्त्रण व्यवस्था पर्याप्त नहुँदा धेरै ज्यान गएको अनुमान गरिएको छ।













