निर्वाचनको काउन्टडाउन: आजदेखि समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी कार्यसूची औपचारिक रूपमा सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचनको काउन्टडाउन: आजदेखि समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी कार्यसूची औपचारिक रूपमा सुरु

काठमाडौ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको काउन्टडाउन सुरु भएको छ। निर्वाचन हुन अब ८८ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाउँदै आवश्यक प्रक्रियाहरूलाई अघि बढाएको छ।

आगामी फागुन २१ गते मतदान हुनेगरी समयतालिका तय गरि सकेको छ । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी कार्यसूची औपचारिकरूपमा सुरु गरेको छ।

राजनीतिक दलहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिकतर्फका लागि आवेदन दिन सक्नेछन्। आयोगले प्राप्त आवेदको सूची मङ्सिर २४ गते सार्वजनिक गर्ने जनाएको छ।

यसपछिको चरणअनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारहरूको बन्दसूची बुझाउनुपर्नेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको अन्तिम सूची माघ ३० गते प्रकाशन हुनेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

प्रत्यक्षतर्फको निर्वाचन प्रक्रियामा माघ ६ गते मनोनयन दर्ता हुने र सोही दिन नामावली सार्वजनिक गरिनेछ। उम्मेदवारीमाथि उजुरी दिने समय माघ ७ गते, नामावली पुनः प्रकाशन माघ ८ गते र उम्मेदवारले नाम फिर्ता लिन सक्ने मिति माघ ९ तय गरिएको छ।

सोही दिन अन्तिम नामावली सार्वजनिक हुने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। निर्वाचनको मिती नजिकिँदै जाँदा दलहरू आन्तरिक रणनीतिमा जुटिरहेका छन्।