अलास्का–युकोनसीमा शक्तिशाली ७.० म्याग्निच्युडको भूकम्प
Prime TV News २ महिना अगाडि 
काठमाडौ । अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सीमामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट करिब ३७० किलोमिटर उत्तरपश्चिमतर्फ तथा क्यानडाको ह्वाइटहर्सबाट २५० किलोमिटर पश्चिमतिर रहेको थियो।
अहिलेसम्म कुनै हताहत वा भौतिक क्षतिको आधिकारिक विवरण आएको छैन। तर विशेषज्ञहरूका अनुसार, भूकम्प केन्द्र नजिकको क्षेत्र उबडखाबड र कम जनसंख्या भएको भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको विश्वास गरिएको छ।













