सुडानमा कालोगीको किन्डरगार्टेनमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित कम्तीमा ५० को मृत्यु

User Image Prime TV News एक महिना अगाडि
Image of सुडानमा कालोगीको किन्डरगार्टेनमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित कम्तीमा ५० को मृत्यु

काठमाडौ । सुडान दक्षिण कोर्डोफान प्रान्तको कालोगी सहरमा भएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

सुडानको सेना र सुडान डक्टर्स नेटवर्कका अनुसार, आक्रमण र्‍यापिड सपोर्ट फोर्सेजले गरेको आरोप लगाइएको छ। र्‍यापिड सपोर्ट फोर्सेजले भने घटनाबारे केही प्रतिक्रिया दिएको छैन ।

सेना निकट विदेश मन्त्रालयले ड्रोनबाट दुई पटक मिसाइल प्रहार गरिएको र उद्धारका लागि पुगेका सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरू समेत लक्षित गरिएको जनाएको छ। 

युनिसेफका प्रवक्ता शेल्डन येटले यो घटनालाई बालअधिकारको जघन्य उल्लङ्घन भनेका छन्। उनका अनुसार, युद्ध जे होस्, यसको मूल्य स-साना जीवनले तिर्नु पर्ने स्थिति असह्य र अस्वीकार्य छ।

यता र्‍यापिड सपोर्ट फोर्सेजले उल्टै सेनामाथि प्रत्याक्रमणको आरोप लगाउँदै दारफुर क्षेत्रमा अद्रे सीमा नजिकै इन्धन डिपो तथा बजारमा ड्रोन हानिएको दाबी गरेको छ। सुडानमा सेना र र्‍यापिड सपोर्ट फोर्सेजबचि अप्रिल २०२३ देखि द्वन्द्व चलिरहेको छ।