शिक्षामन्त्री पुनको व्यंग्य: दुई जनाको घरलाई दरबार बनाउनेहरूलाई कारबाही होस्
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निर्माणाधीन नयाँ निवास ओली कुटी डिजाइनको बिषयलाइ लिएर व्यंग्य गरेका छन् ।
उनले सामाजिक संजालमा लेख्दै पति–पत्नी मात्रै बस्ने घरलाई दरबारजस्तो भव्य संरचना बनाइएको भन्दै व्यंग्य गरे । पुनले भने, “दुई जनाको कुटी बनाउन भनेपछि यत्रो महल उभ्याउने इञ्जिनियरले बेइजती र कानुनी कारबाही भोग्नुपर्छ।”
बालकोटस्थित पुरानो निवास आगजनीपछि ओली भाडाको घरमा बसिरहेका छन्। यही बीच मंसिर १८ गते ओली पत्नी राधिकाले नयाँ भवनको शिलान्यास गरेकी थिइन्रि ।
करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको ‘ओली कुटी’मा बैठक कक्ष, पुस्तकालय, ग्रीनहाउस र कौसीखेतीसम्मको सुविधा रहने उल्लेख छ।













