रुकुम पश्चिममा जनार्दन शर्मालाई कालो झण्डा

User Image Prime TV News २ महिना अगाडि
Image of रुकुम पश्चिममा जनार्दन शर्मालाई कालो झण्डा

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा विरोधको सामना गर्नु परेको छ।

नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गठन गरेपछि पहिलोपटक गृहजिल्ला पुगेका शर्मा प्रभाकरलाई खलंगा विमानस्थलमा केही युवाहरुले कालो झण्डा देखाएर विरोध जनाएका हुन्। आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर रुकुम पश्चिमको सदरमुकाम खलंगा ओर्लिएका शर्मा प्रभाकरको स्वागतको क्रममा विरोध भएको हो।

विमानस्थलबाट बाहिर निस्कदै गरेका शर्मा प्रभाकरलाई कालो झण्डा देखाइरहेका युवाहरुले सरकार र पार्टी नेतृत्वको नीति र क्रियाकलापप्रति असन्तोष जनाएका छन्। विरोधका कारण सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।

स्थिति अप्रिय नबनोस् भन्ने उद्देश्यले रुकुम पश्चिमका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। प्रहरीले विरोध गर्ने व्यक्तिहरूसँग शान्तिपूर्ण प्रदर्शनको अनुरोध गरेको र स्थिति नियन्त्रणमा राख्न पूर्ण प्रयास गरिरहेको बताइएको छ।

यस विरोधको प्रतिक्रियामा, जनार्दन शर्मा प्रभाकरले भने, "प्रत्येक लोकतान्त्रिक अधिकारको सम्मान गर्दै म यस विरोधलाई स्वीकार्छु। हामी जनताको चाहनामा आधारित सरकार निर्माण गर्नका लागि संघर्ष गर्दैछौं।" उनले थपे, "विरोध भए पनि प्रलोपा पार्टीले आफ्नो ध्येय र उद्देश्यमा कहिल्यै पछाडि हट्ने छैन।"