गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु


काठमाडौ । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् ।
अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ ।
गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ। आक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्।