गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

User Image Prime TV News एक बर्ष अगाडि
Image of गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

काठमाडौ । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् ।

अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ ।

गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ। आक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्।