रास्वपाले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको आवेदन माग्यो, उम्मेदवार चयनको शुल्क निर्धारण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा सदस्य चुनावको प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन प्रक्रिया सुरु गरेको छ। पार्टीले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने चुनावको तयारीमा आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक सदस्यहरूलाई आवेदन दिनका लागि आह्वान गरेको छ।
रास्वपाका उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्य ले सार्वजनिक सूचनामार्फत उक्त जानकारी दिएका छन्। यस प्रक्रिया अनुसार पार्टीका सक्रिय सदस्यहरूले पार्टीको मोबाइल एप मार्फत आवेदन गर्नुपर्ने छ। आवेदनको लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार चयनका लागि शुल्क ५० हजार निर्धारण गरिएको छ।
आर्थिक रूपमा कमजोर उम्मेदवारका लागि विशेष व्यवस्था गरिएको छ। यदि उम्मेदवारले आवेदन शुल्क तिर्न नसक्ने अवस्था छ भने, उनीहरूले विपन्नताको परिचय पत्र र पार्टीको पालिका समितिको सिफारिस पत्र पेश गर्नु पर्नेछ। यस निर्णयले विपन्न वर्गका सदस्यलाई पनि उम्मेदवार बन्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
यसैबीच, रास्वपाले समानुपातिक उम्मेदवार चयन प्रक्रिया पनि सुरू गरिसकेको छ। पार्टीको यो कदमले आगामी चुनावमा उम्मेदवारको चयन प्रक्रिया पारदर्शी र समावेशी बनाउनेमा विश्वास व्यक्त गरिएको छ।














