प्रतिनिधि छनोटमा पाखुरा सुर्किनु एमालेको संस्कार होइन : एमाले नेता बासकोटा

User Image Prime TV News २ महिना अगाडि
Image of प्रतिनिधि छनोटमा पाखुरा सुर्किनु एमालेको संस्कार होइन : एमाले नेता बासकोटा

काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले हालको महाधिवेशनकालागि प्रतिनिधि छनोटमा देखिएको अनैतिक अभ्यासलाई घातक संस्कार भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बास्कोटाले प्रतिनिधि चयनमा जालझेल, षड्यन्त्र र बल प्रयोग गरिएको सुनिएको उल्लेख गर्दै, यसरी भएको प्रतिनिधि चयनलाई पार्टीको संस्कार विपरीत भनेका छन्। उनले अघिल्ला महाधिवेशनमा नीतिगत बहसलाई प्राथमिकता दिइएको र प्रतिनिधि चयन स्वतःस्फूर्त भएको अनुभव सुनाए।

बास्कोटाले लेखेका छन्,“प्रतिनिधि चयन सहमतिपूर्वक वा भोटिङको माध्यमबाट हुनुपर्छ, बल प्रयोग वा षड्यन्त्रले होइन। यस्तो संस्कार निरुत्साहित गर्नुपर्छ।” उनले आम चुनावमा पनि यस किसिमको अभ्यासले नराम्रो प्रभाव पार्ने चेतावनी दिएका छन्।

उनले प्रश्न उठाए, “विचारको ठाउँमा बलबाहुले के अर्थ राख्छ?” र प्रतिनिधि छनोटमा स्थापित पद्धति र पारदर्शिता अपनाउनुपर्नेमा जोड दिएका छन्।