राष्ट्रिय मानवअधिकार आयोगले २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्यो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका हुन्। नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको बताइएको छ।












