एमाले महाधिवेशनमा युवा संघले ५० हजार युवालाई काठमाडौं ल्याउने दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौमा हुँदैछ। उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा आयोजना गरिने एमालेले जनाएको छ।
युवा संघ नेपालले महाधिवेशनमा कम्तीमा ५० हजार युवा उपस्थित गराउने लक्ष्य राखेको छ। संघका अध्यक्ष क्षितिज थेबे का अनुसार, युवाहरूको सहभागिता बढाउन संघले देशभरका वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरू सक्रिय परिचालन गरेको छ।
थेबेका अनुसार, काठमाडौं र ललितपुरका ६१ वडाबाट ६ हजार १००, उपत्यकाका अन्य १९ पालिकाबाट १९ हजार, बागमती बाहिरका १० जिल्लाबाट १५ हजार, कोशी प्रदेशबाट ४ हजार, मधेसबाट ४ हजार, गण्डकीबाट ३ हजार, लुम्बिनीबाट २ हजार र कर्णाली तथा सुदूरपश्चिमबाट ५ सय गरी जम्मा ५० हजार युवा महाधिवेशन स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ।
‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौं,’ थेबेले बताए।












