पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा, प्रधानमन्त्री कार्कीसँग भेटवार्ता तय

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा, प्रधानमन्त्री कार्कीसँग भेटवार्ता तय

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनको क्रममा क्षति भएको सिंहदरबार परिसर आइतबार दिउँसो अवलोकन गर्ने भएकी छन् ।

उनले सिंहदरवार अबलोकनका क्रममा प्रधानमन्त्री सुशीला कार्की सँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको बताइएको छ ।

भण्डारीले सिंहदरबारमा आगजनीपछि क्षति भएका भवनहरूको अवस्था प्रत्यक्ष हेर्ने उद्देश्य राखेर अवलोकन गर्ने उनको सचिवालयले जनाएको छ ।