स्पेनिस ला लिगामा रियल मेड्रिडको अपराजित यात्रा कायमै
Prime TV News एक बर्ष अगाडि 
काठमाडौ । किलियन एमबाप्पे चम्किँदा १० खेलाडीमा सीमित रहेको रियल मड्रिडले रियल सोसिएडाडविरुद्ध जित निकालेको छ। स्पेनिस लिगमा भएको खेलमा फ्रान्सका स्टार खेलाडी एमबाप्पेले एक गोल गरे र अर्कोमा सहायता गर्दै रियललाई २–१ को विजय दिलाए। यो सिजनका चार खेलमा चार गोल गरेको एमबाप्पले खेलको १२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
सोसिएडाडका खेलाडीले खराब पास गर्दा उनले आफ्नो तीव्र गति प्रयोग गरेर गोलकिपर एलेक्स रेमिरोलाई बिट गर्दै गोल गर्न सफल भए। खेलको ३२औं मिनेटमा नयाँ सेन्ट्रल डिफेन्डर डीन हुइजेनले मिकेल ओयार्जाबाललाई पछाडिबाट रोक्दा सिधा रातो कार्ड पाएपछि रियल लगभग एक घण्टा १० खेलाडीमै सीमित रह्यो।
रियलका लागि एमबाप्पे दोस्रो गोलको तयारीमा महत्त्वपूर्ण भूमिका निभाए। होस्ट टोलीका लागि ओयार्जाबालले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै स्कोर २–१ बनाए। जितसँगै रियलले लिगको सुरुआतका चार खेलमा चार जित हासिल गरेको छ।







