बर्दियामा युवती आत्महत्या घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
Prime TV News २ महिना अगाडि 
काठमाडौ । बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएको कारण आत्महत्या गरेको भनिएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
सचिवस्तरीय निर्णयअनुसार, सहसचिव सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक सदस्य रहनेछन्। प्रधानमन्त्रीको निर्देशनपछि गृह मन्त्री ओमप्रकाश अर्यालले समितिलाई पाँच दिनभित्र निष्पक्ष रूपमा छानबिन गरी प्रतिवेदन पेश गर्ने आदेश दिएका छन्।












