मधेस प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे पदभार ग्रहण

User Image Prime TV News एक महिना अगाडि
Image of मधेस प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे पदभार ग्रहण

जनकपुर । मधेस प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पदभार ग्रहण गरेका छन्।

पद तथा गोपनियताको शपथग्रहण पछि मुख्यमन्त्री यादवले आफ्नो कार्यभार सम्हालेका हुन् ।पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले सरकारलाई पहिलो दिनदेखि नै सक्रिय रूपमा सञ्चालन गर्ने उद्देश्य राखेको बताए । उनले चाँडै मन्त्रीमण्डललाई पूर्णता दिने भन्दै मन्त्रीमण्डलमा सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने कुरा उनले बताए।

मुख्यमन्त्री यादवले प्रतिपक्षी दलबाट समेत रचनात्मक सहयोगको अपेक्षा व्यक्त गर्दै सुशासन कायम राख्ने प्रतिवद्धता जनाए। प्रदेशको विकास र जनतालाई प्रभावकारी सेवासुविधा पुर्‍याउन छिटो र छरितो निर्णय गर्ने योजना रहेको बताए । मधेस प्रदेशमा अब स्थायित्व कायम र प्रदेश सरकार जनताको अपेक्षा अनुसार काममा तत्पर रहने पनि मुख्यमन्त्री यादवले बताए ।