प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार अवलोकन गर्न पुगेकी थिइन्। अवलोकनका क्रममा प्रधानमन्त्री कार्कीले उनलाई सिंहदरबारको अवस्थाबारे जानकारी गराएकी छिन्।
जेनजी आन्दोलन भदौ २३–२४ गते सम्पन्न भएको थियो । आन्दोलनका क्रममा राणाकालिन सिंहदरवार लगाएत पुरातात्विक संरचनाहरुमा आगजनी गरिएको थियो ।












