साताको पहिलो कारोवार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो

User Image Prime TV News २ महिना अगाडि
Image of साताको पहिलो कारोवार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो

काठमाडौ । साताको पहिलो कारोवार दिन आइतबार नेपाल शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा बन्द भएको छ। बजारमा व्यापक गिरावट देखिएको छ, जहाँ नेप्सेका १३ वटै उपसमूह नकारात्मक भएको रिपोर्ट गरिएको छ। आजको कारोबारमा जलविद्युत समूह सर्वाधिक १.२२ प्रतिशतले घटेको छ।

कम्पनी स्तरमा आज ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २०४ कम्पनीको शेयरभाउ घटेको छ। आठ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। कारोबारको हिसाबमा आज कुल ५ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सागर डिस्टिलरीमा ४३ करोड ६९ लाख, दोस्रो ङादी ग्रुप पावरमा ३२ करोड ५२ लाख र तेस्रो बन्दीपुर केबलकारमा १५ करोड ४८ लाख रुपैयाँ भएको छ।

आजका दिन केही कम्पनीले लगानीकर्तालाई उच्च प्रतिफल दिएका छन्। स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको शेयरभाउ करिब १० प्रतिशतले बढेको छ र सबैमा सकारात्मक सर्किट लागेको छ।