सरकारको ध्यान निर्वाचन र सुशासनमा केन्द्रति छ: संचार मन्त्री खरेल
Prime TV News २ महिना अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले वर्तमान सरकारको ध्यान आगामी प्रतिनिधिसभाको निर्वाचन र सुशासनमा केन्द्रति रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका डा.कुमार शर्मा आचार्यलाई नियुक्त पत्रका प्रदानका साथै शुभकामना व्यक्त गर्दै मन्त्री खरेलले निर्वाचनलाइ सफल बनाउन, भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न अघि बढिरहेको भन्दै सवैले साथ दिनुपर्ने बताए ।
उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सवैले जोड दिइरहेको अवस्थामा अहिले भइरहेको साइबर आक्रमण ठूलो चूनौतिको रुपमा रहेको उल्लेख गरे । १५ हजार मिडियाका ३० हजार सामाजिक सञ्जाल दुरुपयोग हुने खतरा रहेको भन्दै मन्त्री खरेलले गलत सूचना र गलत समाचारलाई नियन्त्रण गर्न प्रेस काउन्सीलले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।












