नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति पूर्ण, दुई नयाँ सदस्य मनोनयन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय निर्वाचन समिति पूर्णता दिएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार समितिका रिक्त दुई पदमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लमजुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई मनोनयन गरेका छन्। यसअघि समितिमा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती संयोजक थिए भने अधिवक्ता एगराज पोखरेल र अधिवक्ता तेज रावल सदस्य थिए।
दुई नयाँ सदस्य थपिएपछि समितिको कुल सदस्य संख्या पाँच पुगेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय अनुसार कार्यवाहक सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार केन्द्रीय निर्वाचन समितिमा रिक्त पदमा मनोनयन गर्नु भएको छ।”
समितिले पार्टीको आगामी भित्री निर्वाचन प्रक्रिया सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछ।













