प्रधानमन्त्री कार्कीलाई निर्वाचन समयमै सम्पन्न गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

User Image Prime TV News २ महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीलाई निर्वाचन समयमै सम्पन्न गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न आग्रह गरेकी छिन्।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले समयमै निर्वाचन सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेकी हुन्। यस अवसरमा प्रधानमन्त्री कार्कीले सरकारको भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी पहलहरू पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, भण्डारीले सरकारले गर्दै आएको कार्यप्रति सकारात्मक प्रतिक्रिया दिएकी थिइन् । उक्त भेट जेनजी आन्दोलनको क्रममा सिंहदरबारभित्र आगजनीमा क्षति पुगेका संरचनाको अवलोकनको क्रममा भएको थियो।