दुर्गा प्रसाई र प्रधानमन्त्री कार्कीबीच आज बार्ताहुँदै

User Image Prime TV News एक महिना अगाडि
Image of दुर्गा प्रसाई र प्रधानमन्त्री कार्कीबीच आज बार्ताहुँदै

काठमाडौ । मेडिकल व्यवसायी तथा राजसंस्था पुनःस्थापनाका अभियानकर्ता दुर्गा प्रसाई र प्रधानमन्त्री सुशीला कार्कीबीच आज वार्ता हुदै छ । प्रधानमन्त्री कार्कीले केही दिनअघि पत्र पठाउँदै प्रसाईलाई वार्ताका लागि बोलाएकी थिइन्। 

प्रसाई समुहले चरणवद्ध आन्दोनका कार्यक्रम सार्वजनिक गरेपछि सरकारले वार्तामा जोड दिदै आएको थियो । जस अनुसार प्रधानमन्त्री कार्कीफे वार्ताको लागि औपचारिक पत्र पठाएकी थिइन् । सरकारले वार्तामा बोलाए संगै प्रसाईले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । 

प्रसाईले राजतन्त्र पुनर्स्थापना, नेपाललाई पुनः हिन्दू अधिराज्य घोषणा, राजनीतिक प्रणालीको पुनर्सरचना लगायतका माग अगाडि सारेका छन्। आफ्नो माग पुरा नभए फेरि आन्दोलन गर्ने चेतावनी प्रसाईले दिदै आएका छन् ।