ला लिगामा रियल मड्रिडलाई सेल्टा भिगोको अप्रत्याशित झट्का, २–० ले पराजित

User Image Prime TV News २ महिना अगाडि
Image of ला लिगामा रियल मड्रिडलाई सेल्टा भिगोको अप्रत्याशित झट्का, २–० ले पराजित

काठमाडौ । ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड अप्रत्याशित रूपमा सेल्टा भिगोसँग २–० गोलअन्तरले पराजित भएको छ।

घरेलु मैदानमा उत्कृष्ट खेल प्रदर्शन गरेको सेल्टाले दुवै गोल विलियट स्वेडबर्गको मद्दतमा जित दर्ता गर्यो। प्रथम हाफ गोलरहित रहे पनि खेलको ५४औँ मिनेटमा स्वेडबर्गले बुर्केसी ढंगमा गोल गर्दै सेल्टालाई अग्रता दिलाए। रियलले बराबरीको खोजीमा धेरै प्रयास गरे पनि खेलको लय सम्हाल्न सकेन।

इन्जरी समयको तेस्रो मिनेटमा स्वेडबर्गकै दोहोरो गोलसँगै सेल्टाले जित सुनिश्चित गर्यो। खेलको ६४औँ मिनेटमा फ्रान गार्सियाले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा झर्यो। अन्तिम क्षणमा अल्भारो कारेरास पनि रातो कार्ड भएर बाहिरिएपछि रियल थप दबाबमा पर्‍यो।

संख्यात्मक कमीको फाइदा उठाउँदै सेल्टाले खेल नियन्त्रणमा राख्यो। यस हारले रियल मड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी घटाउने महत्वपूर्ण मौका गुमायो।  रियल मड्रिड १६ खेलबाट ३६ अंक, बार्सिलोना ४० अंकसहित शीर्षमा छ । उता, रियललाई हराउँदै सेल्टा भिगो १९ अंक लिएर १०औँ स्थानमा उक्लिएको छ।