रुस–युक्रेन शान्ति वार्ता गराउने ट्रम्पको प्रयास फेरि असफल


काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनसँग तत्काल शान्ति वार्ता हुने विषयलाई अस्वीकार गरेकाछन । दुई देशबीचको युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत तीन वर्षदेखि गरिरहेको कूटनीतिक प्रयासको असफलताका रूपमा यसलाई हेरिएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफना वार्ताकारहरू विभिन्न माध्यमबाट सम्पर्कमा भएपनि अघि बढ्न नसकेको बताएकाछन । ट्रम्पले यसअघि अलास्कामा पुटिनसँगको भेटघाट र कुराकानीपछि रुस शान्ति वार्ताका निम्ति तयार रहेको बताएका थिए ।
तर, रुसले युक्रेनी सहरमा आफ्नो आक्रामक हवाई हमला जारी राखेको छ । दुई देशबीच जारी युद्ध अन्त्य गर्ने सम्झौतामा जोड दिँदै ट्रम्पले धेरै कूटनीतिक प्रयास गरिसकेका छन्, तर उनी सफल हुन सकेका छैनन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटघाटको सम्भावनालाई पुटिनले हालैका दिनमा पूर्ण रूपमा खारेज गरिदिएका छन् । उनले दुई देशबीचको गतिरोध अन्त्य गर्न शिखर सम्मेलन आवश्यक रहेको बताएका छन् ।