एमाले महाधिवेशनअघि पोखरेलले अलग राजनीतिक दस्तावेज ल्याउँदै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । मंसिर २७ गतेबाट सुरु हुन लागेको नेकपा एमालेको ११औँ महाधिवेशनअघि अध्यक्ष पदका दाबीदार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक प्रस्ताव तयार पारेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नै प्रस्तावमात्रै छलफलमा जाने भनेर संकेत दिइरहेका बेला पोखरेलको वैकल्पिक दस्तावेजले पार्टीभित्र लैजाने तयारी गरेका हुन् । नेता पोखरेलले तयार पारेको राजनीतिक प्रस्ताव पूर्ण रूपमा तयार भइसकेको छ र पार्टी अध्यक्ष ओलीलाई प्रस्तुत दिने बताइएको छ ।
“पोखरेलले तयार पारेको डकुमेन्ट राजनीतिक प्रस्तावको रूपमा महाधिवेशनमा पेस गर्ने तयारी छ। अध्यक्षलाई देखाएर अन्तिम टुंगो लगाइनेछ।” एक नेताले भने । यससँगै महाधिवेशनमा एउटा मात्रै नेतृत्व–प्रस्ताव अघि सार्ने ओलीको प्रयास चुनौतीमा पर्ने सम्भावना बढेको छ।
पोखरेलले तयार पारेको प्रस्तावमा जेनजी आन्दोलनअघि र पछिको राजनीतिक अवस्थाको समीक्षा र पाठ, पार्टी संगठन पुनर्गठन, आन्तरिक लोकतान्त्रीकरण र शक्ति सन्तुलन, वर्तमान राजनीतिक जटिलतामा एमालेले लिनुपर्ने रणनीतिक मार्गदर्शन, युवापुस्ताको मनोभावना र पार्टी संगठित संरचनामा उनीहरूको भूमिका, राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक परिवेश तथा नेपालले अपनाउनुपर्ने नीति लगाएतका विषय समेटिएका छन् ।













